आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई कारवाही « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई कारवाही


३१ असार २०७५, आइतबार


काठमाडौं । जथाभावी बाटो काट्नेलाई ट्राफिक महाशाखाले कारवाही गर्ने भएको छ । उपत्यकाका विभिन्न १३ स्थानमा आजदेखि अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले एकमहिना सचेतना अभियान सुरु गर्न लागेको जानकारी दिएको छ । आजदेखि १३ स्थानबाट यो अभियान सुरु हुँदैछ । अभियान एकमहिनासम्म रहने र त्यसपछि पनि जथाभावी बाटो काटे कारवाही गर्ने जानकारी दिए ।

आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई पहिलो सचेतना अभियान सुरु गरिने ट्राफिक महाशाखाले जनाएको छ ।

जथाभावी बाटो काटे केहीबेर नियन्त्रणमा राखिने र क्लास पनि दिइने जानकारी प्रहरीले दिएको छ ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस