जर्मन पेस्तोलसहित ललितपुरमा तीन पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जर्मन पेस्तोलसहित ललितपुरमा तीन पक्राउ


३१ असार २०७५, आइतबार


काठमाडौं– प्रहरीले जर्मन पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ललितपुरको नखिपोटबाट मेड इन जर्मन लेखिएको पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापका कृष्णबहादुर जोशी, आँसुतोस मोक्तान र हेमराज पौडेल रहेका छन्। पेस्तोलको ५ राउन्ड गोली समेत बरामद भएको छ।

प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु पेस्तोल देखाएर विभिन्न किमिसका अपराध गर्दै आएका व्यक्तिहरु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको प्रहरी परिसरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस