भिरालो छ बाटो अधेरी छ रात,
लडे माथि तान्ने छदै छैन हात ।
छ लौरो त साथी पुरानो सडेको,
नबोल्ने नसुन्ने न ता गर्छ बात ।
हदै नाघ्छ मान्छे दया छैन रत्ति,
बसे फेद भन्छन् बुटा दिन्छ पात ।
भएसम्म गेणी सबैको पियारो,
केही छैन बुझ्दा खुवाए अघात ।
म एक्लै छु बोक्ने बडो भार भारी,
छ पीडा भरेको हियामा छ खात ।