गढीमाई नगरपालिकाका मेयर र कार्यालय प्रमुख सहित पाँच कर्मचारी प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गढीमाई नगरपालिकाका मेयर र कार्यालय प्रमुख सहित पाँच कर्मचारी प्रहरी नियन्त्रणमा


२६ असार २०७५, मंगलबार


रौतहट । जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित र प्रमुख प्रशासकिय अधिकृत सहित पाँच जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर गरिरहेको सूचनाका आधारमा आज मध्यान्न १२ बजे चन्द्रपुर नगरपालिका स्थित होटल हिमालयनबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लियर अनुसन्धान भइरहेको उनले बताए ।

मेयर श्यामप्रसाद यादव सहित प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादव लगायतका कर्मचारी नियन्त्रणमा रहेको उनले बताए । उनीहरुसँग नगरपालिको चेकसहित विभिन्न कागजातहरु पनि प्रशासनले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस