कार्यविधि बनाउन ३ सदस्यीय उपसमिति चयन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यविधि बनाउन ३ सदस्यीय उपसमिति चयन


२६ असार २०७५, मंगलबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका लागि प्रतिनिधिसभाले सदस्य स्वीकृत गरेपछि पहिलो बैठकको लागि तीन सदस्यीय उपसमिति चयन गरिएको छ ।

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकका लागि कार्यविधि तय गर्न सो समिति चयन गरिएको हो ।

तीन सदस्यीय उपसमितिमा नेता योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल केवट रहेका छन् ।

सोमबार प्रतिनिधिसभाले संसदीय सुनुवाई समितिकालागि सदस्य स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस