विश्वकप फुटबलको बाजी खेलाउने तीन पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप फुटबलको बाजी खेलाउने तीन पक्राउ


२६ असार २०७५, मंगलबार


काठमाडौं । विश्वकपको सट्टा बाजी खेलाउने तीनजनालाई महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनाङ निसाङ घर भई हाल काठमाडौं म्हेपी बस्ने ४२ वर्षीय मुखिया लामा, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २४ वर्षीय सुवास गुरुङ र काठमाडौं पक्नाजोल बस्ने ३३ वर्षीय मुखिया गरुङ छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस