जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर घुसहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर घुसहित पक्राउ


२५ असार २०७५, सोमबार


घुस

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियरलाई ८० हजार घुस सहित पक्राउ गरेको छ । सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन बनाउने बहानामा सेवाग्राहीबाट लिएको ८० हजार घुस लिएको आरोपमा इन्जिनियर अन्जयकुमार देवलाई अख्तियारले पक्रेको हो ।

सेवाग्राहीबाट घुस रकम माग गरिरहेको सूचनाका आधारमा घुस रकम सहित उनलाई खख्तियारले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस