साताको पहिलो सेयर बजार दिनैभरि बढेर अन्त्यमा स्थिर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साताको पहिलो सेयर बजार दिनैभरि बढेर अन्त्यमा स्थिर


२४ असार २०७५, आइतबार


काठमाडौं । साताको पहिलो दिन सेयर परिसूचक स्थिर देखिएको छ । आइतबार कारोबार सुरु भएदेखि दिनैभरि बढेको सेयर बजार परिसूचकमा अन्त्यमा भने रातो रंग पोतिएको छ ।

कारोबार सुरु भएको आधा घण्टासम्म १६ अंकले बढेको बजारमा त्यसयता उत्तिनै अंकको गिरावट आयो । त्यसपछि सुधारको संकेत देखाए पनि नेप्सेमा निरन्तर आरोह अवरोह पनि आइरह्यो । तर, घटेको भनेको थिएन । अन्तिममा बजार सम्हालिन सकेन, जसकारण शून्य दशमलव शून्य २ अंकको गिरावट आत्मसात गर्नुपर्यो ।

नेप्से घटेपनि यसदिन स्थिरझैं रहेको “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने हरियो देखिएको छ । परिसूचक ०.२७ अंकले बढेको हो । नेप्से स्थिर रहँदा आइतबार सेयर बजारमा कारोबार रकम भने बढेको छ । यसदिन बजारमा कूल ४८ करोड २३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यसक्रममा १६८ कम्पनीका १२ लाख ४१ हजार कित्ता सेयर खरिदविक्री भए । गत साताको अन्तिम दिन बिहीबार बजारमा ४६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेप्से स्थिर देखिँदा यसदिन कारोबारमा आएका समूहगत परिसूचक पनि मिश्रित देखिका छन् । कारोबारमा आएका दशै समूहमध्ये ४ समूहको उपसूचक बढ्दा ६ वटा भने ओरालो लागे । तीमध्ये बढ्नेमा होटल समूह सर्वाधिक ४१(९९ अंक (२.२३ प्रतिशत) ले उकालो लाग्दा उत्पालनमूलक समूहमा ३०.९५ अंकले बढ्यो । त्यसैगरी गुमाउनेमा बीमा समूह सर्वाधिक २३.८९ अंकले घट्दा लघुवित्त र जलविद्युत् समूह पनि क्रमशः १९.५२ र १७.७४ अंकले घटे ।

यसदिन कारोबारमा आएका १६८ मध्ये छिमेकी लघुवित्त को सबैभन्दा धेरै रकमको कारोबार भयो । सो लघुवित्तका सर्वाधिक ४ करोड ९७ लाख रुपैयाँ बराबरका सेयर किनबेच हुँदा अन्य ८ कम्पनीमा १ करोडभन्दा बढीको सेयर कारोबारमा आए ।

नेप्से बढ्दा आइतबार आरम्भ लघुवित्तको लगानीकर्ता सेयर मूल्य बढेर सर्वाधिक ९.९ प्रतिशत कमाउँदा युनाइटेड मोदी र रैराङ हाइड्रोको सेयर मूल्य ६.६ प्रतिशतले घटे ।

प्रतिक्रिया दिनुहोस