२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साताको पहिलो सेयर बजार दिनैभरि बढेर अन्त्यमा स्थिर

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन सेयर परिसूचक स्थिर देखिएको छ । आइतबार कारोबार सुरु भएदेखि दिनैभरि बढेको सेयर बजार परिसूचकमा अन्त्यमा भने रातो रंग पोतिएको छ ।

कारोबार सुरु भएको आधा घण्टासम्म १६ अंकले बढेको बजारमा त्यसयता उत्तिनै अंकको गिरावट आयो । त्यसपछि सुधारको संकेत देखाए पनि नेप्सेमा निरन्तर आरोह अवरोह पनि आइरह्यो । तर, घटेको भनेको थिएन । अन्तिममा बजार सम्हालिन सकेन, जसकारण शून्य दशमलव शून्य २ अंकको गिरावट आत्मसात गर्नुपर्यो ।

नेप्से घटेपनि यसदिन स्थिरझैं रहेको “क” वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने हरियो देखिएको छ । परिसूचक ०.२७ अंकले बढेको हो । नेप्से स्थिर रहँदा आइतबार सेयर बजारमा कारोबार रकम भने बढेको छ । यसदिन बजारमा कूल ४८ करोड २३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यसक्रममा १६८ कम्पनीका १२ लाख ४१ हजार कित्ता सेयर खरिदविक्री भए । गत साताको अन्तिम दिन बिहीबार बजारमा ४६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेप्से स्थिर देखिँदा यसदिन कारोबारमा आएका समूहगत परिसूचक पनि मिश्रित देखिका छन् । कारोबारमा आएका दशै समूहमध्ये ४ समूहको उपसूचक बढ्दा ६ वटा भने ओरालो लागे । तीमध्ये बढ्नेमा होटल समूह सर्वाधिक ४१(९९ अंक (२.२३ प्रतिशत) ले उकालो लाग्दा उत्पालनमूलक समूहमा ३०.९५ अंकले बढ्यो । त्यसैगरी गुमाउनेमा बीमा समूह सर्वाधिक २३.८९ अंकले घट्दा लघुवित्त र जलविद्युत् समूह पनि क्रमशः १९.५२ र १७.७४ अंकले घटे ।

यसदिन कारोबारमा आएका १६८ मध्ये छिमेकी लघुवित्त को सबैभन्दा धेरै रकमको कारोबार भयो । सो लघुवित्तका सर्वाधिक ४ करोड ९७ लाख रुपैयाँ बराबरका सेयर किनबेच हुँदा अन्य ८ कम्पनीमा १ करोडभन्दा बढीको सेयर कारोबारमा आए ।

नेप्से बढ्दा आइतबार आरम्भ लघुवित्तको लगानीकर्ता सेयर मूल्य बढेर सर्वाधिक ९.९ प्रतिशत कमाउँदा युनाइटेड मोदी र रैराङ हाइड्रोको सेयर मूल्य ६.६ प्रतिशतले घटे ।