चोरी गर्ने भारतीय गिरोहका दुई पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चोरी गर्ने भारतीय गिरोहका दुई पक्राउ


२४ असार २०७५, आइतबार


काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गर्ने विभिन्न समूह बनाएर नेपाल प्रवेश गरेका दुई जनालाई पक्राउ गरेको हो । ३१ लाख ३३ हजार रुपैयाँ चोरी गरेर लाँदालाँदै उनीहरू पक्राउ परेको बताइएको छ ।

पक्राउ पर्नेमा मोतिहारी, गुम्ती थान मोतिपुर–३२ का १९ वर्षीय करण पोदार र बिहारको समस्तिपुरस्थित महदिलगर थानाका १७ वर्षीय सुरज पोद्दार रहेका छन् ।

महाशाखाका अनुसार उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ७२ हजार, अमेरिकी डलर १ हजार १ सय ३५, चोरी गर्दा प्रयोग गरिने फलामको रड, दुई वटा हिराको औंठी, विभिन्न सुनका गरगहना अन्दाजी ६ तोला, मोतीको माला ३ वटा, क्यानडियन डलर ५५, लागूऔषध फेनेरागन, डाइजिल्याप, नोफिन ७८ वटा लगायतसहित उनीहरूलार्इ पक्राउ गरिएको हो ।

उनीहरुमाथि चोरी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस