पुनर्निर्माण प्राधिकरणका सिइओ पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुनर्निर्माण प्राधिकरणका सिइओ पदमुक्त


२४ असार २०७५, आइतबार


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल पदमुक्त भएका छन् । सरकारले अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पत्रमार्फत् सिइओ भुसाललाई पदमुक्त भएको जानकारी गराएको थियो । तर, कार्यालय समयभन्दा पछि पत्र पाएको भन्दै उनले शुक्रबार पत्र बुझ्न मानेनन् । उनी आइतबार कार्यालय गएर पत्र बुझ्दैछन् ।

नेपाली कांग्रेस निकट भुसाल गत कात्तिक ६ गते प्राधिकरणको सिइओ नियुक्त भएका थिए । त्यसयता कांग्रेस र कम्युनिस्ट नेतृत्वको सरकारको पालामा क्रमशः चार र पाँच महिना काम गरे । आफ्नो कार्यकाल सफल भएको दावी गर्ने उनी दुवै सरकारबाट सन्तुष्ट भएको बताए । उनले सरकारको नीतिगत निर्णयलाई सम्मान गर्ने बताए ।

प्राधिकरणको ऐनमा सिइओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने ऐनमा व्यवस्था छ ।

तीन वर्षमा प्राधिकरणको नेतृत्व चार पटकसम्म फेरिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस