१७० वटा मरेको कुखुरा बेच्ने तीन जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१७० वटा मरेको कुखुरा बेच्ने तीन जना पक्राउ


२२ असार २०७५, शुक्रबार


काठमाडौं । काठमाडौंको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।

प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ । मरेको कुखुराहरु तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस