निषेधित क्षेत्र विरुद्ध माइतीघरमा नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निषेधित क्षेत्र विरुद्ध माइतीघरमा नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर)


२० असार २०७५, बुधबार


काठमाडौं । नेपाल सरकारले गरेको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले बुधबार काठमाडौंको माइतीघरमा  विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने भनी सरकारले निशेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।

यसअघि सरकारले विरोध प्रदर्शनका लागि काठमाडौंमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकेको थियो ।

फोटो फिचर :

फोटो  : रासस

प्रतिक्रिया दिनुहोस