यातायात कार्यालय गर्जुधारामा छापाहान्दा ८ विचौलीया पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यातायात कार्यालय गर्जुधारामा छापाहान्दा ८ विचौलीया पक्राउ


२० असार २०७५, बुधबार


काठमाडौं । यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा हाल्दा ८ जना विचौलियालाई पक्राउ गरेको छ । विचौलियाले सेवाग्राहीलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले यातायात कार्यालयमा छापा हान्दा ५ जना विचौलियालाई पक्राउ गरेका हो ।

विभिन्न सेवाका लागि आएका सेवाग्रहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरि विचौलियाहरुले हैरानी गरिरहेको सेवाग्राहीलाई बिच बाटोमै रोकी दुख दिने गरेको गुनासोका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३३ वर्षीय कृष्ण प्रसाद थपलिया, २० वर्षीया किरण देउला, ४४ वर्षीया गोपाल कृष्ण श्रेष्ठ, ३८ वर्षीय प्रकाश तन्डुकार, १७ वर्षीय अपार रिजाल, ३४ वर्षीय कन्चन राई, ६७ वर्षीय बालकृष्ण खत्री र ३० वर्षीय पवन तामाङ रहेका छन् ।

सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरुले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान बिचौलियाहरुले नै रोक्ने गरेकोले सर्वसाधारणलाई ठूलो अन्याय भएको गुनासो सेवाग्राहीको आएपछि प्रहरी टोली यातायात कार्यालय पुगेको थियो । पक्राउ परेकालाई महानगरिय प्रहरी वृत थानकोट पठाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस