डा.केशीको समर्थनमा जुम्ला जाँदैछन कांग्रेसका तीन नेता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा.केशीको समर्थनमा जुम्ला जाँदैछन कांग्रेसका तीन नेता


२० असार २०७५, बुधबार


काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीको अनशनलाई समर्थन जनाउन नेपाली कांग्रेसले आफ्ना तीन नेतालाई जुम्ला पठाउने भएको छ । जुम्लामा अनसनरत डा. केशीलाई समर्थन गर्नुका साथै उनको स्वास्थ्य अवस्था पनि बुझ्न कांग्रेसले यस्तो निर्णय गरेको छ ।

चिकित्सा शिक्षाका लागि यसअघि भएका सम्झौता कार्यान्वय तथा सरकारको निषेधाज्ञाबारे आपत्ति जनाउँदै जुम्ला सदरमुकाममा अनशनरत केसीलाई भेट्न तीनजना नेता पठाउन लागिएको हो ।

कांग्रेसले वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको छ ।

सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले दिउँसो ३ बजे गंगामायालाई भेट्ने नेता खाँडले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस