रसिया विश्वकप : क्वाटरफाइनल समीकरण पूरा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रसिया विश्वकप : क्वाटरफाइनल समीकरण पूरा


२० असार २०७५, बुधबार


काठमाडौं । रसिया विश्वकपमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान प्रि क्वाटरफाइनलको अन्तिम खेलमा इग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटबाट पराजित गर्याे । निर्धारित समय १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा थपिएको थियो । तर, उक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा इग्ल्यान्ड ४–३ ले विजयी भयो ।

यससँगै उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियम, रसिया, क्रोएसिया र स्विडेन पनि अन्तिम आठमा पुगेका छन् ।

यस्तो छ क्वाटरफाइनल भिडन्त
उरुग्वे भर्सेस् फ्रान्स – असार २२
ब्राजिल भर्सेस् बेल्जियम – असार २२
रसिया भर्सेस् क्रोएसिया – असार २३
स्विडेन भर्सेस् इग्ल्यान्ड – असार २३

Tags :
प्रतिक्रिया दिनुहोस