एसईई नतिजा त्रुटीमा परीक्षा नियन्त्रक मन्त्रालय तानिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एसईई नतिजा त्रुटीमा परीक्षा नियन्त्रक मन्त्रालय तानिए


प्रशासन विशेष ब्युरो

१७ असार २०७५, आइतबार


काठमाडौँ । एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेका परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारवाहीस्वरुप मन्त्रालय तानेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएको स्रोतले बतायो ।

परीक्षा नियन्त्रकलाई मन्त्रालय तानेर उनको ठाउँमा पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई पठाइएको मन्त्रालयका सचिव खगराज बरालले बताएका छन् ।

एसईई नतिजा प्रकाशन गर्दा ९ हजार ६४ जना विद्यार्थीको रिजल्टमा त्रुटी भएको भेटिएपछि परीक्षा नियन्त्रण कार्यालयमाथि कारवाही गर्न चौतर्फि दबाब आएको थियो । मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वमा गठित ३ सदस्यीय छानविन समितिले आईतबार प्रतिवेदन बुझाए लगत्तै रेग्मीलाई मन्त्रालय तानिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस