साढे दुई करोड घोटलामा सिइओसहित चार जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

साढे दुई करोड घोटलामा सिइओसहित चार जना पक्राउ


१५ असार २०७५, शुक्रबार


पक्राउ

काठमाडौं । सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड घोटालाको आरोपमा सिइओसहित चार जना पक्राउ परेका छन् । साढे दुई करोड घोटलामा सिइओसहित चार जनालाई  प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो

पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पाको तानसेन–४ घर भइ हाल टोखा–९, गोंगबु बस्दै आएका ५७ वर्षीय हिरा विश्वकर्मा, सदस्य काठमाडौं–२२, खिचापोखरीका ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुरको गोदावारी–१२ का ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सीईओ ललितपुर–१४, खुमलटारका ६५ वर्षीय स्वयम्भुारम जोशी छन् ।

पक्राउ पर्ने चारै जनामाथि  उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस