आज धान दिवस मनाइँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज धान दिवस मनाइँदै


१५ असार २०७५, शुक्रबार


काठमाडौं । देशभर धान रोपेर आज धान दिवस मनाइँदैछ । आजका दिन असारे भाका गाउँदै देशभर धान रोप्ने चलन छ ।

यद्यपि, पछिल्लो समय भने असारे भाका गाउने चलन हराउँदै गएको छ । केही वर्षपहिले रोपाइँमा गुञ्जने असारे भाका अहिले हराएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय बैठकले असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

त्यसयता हरेक वर्ष सरकारी तवरबाटै यो दिवस मनाइँदै आइएको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउन थालिएको हो ।

यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । ‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ दिवसको नारा छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । पछिल्लो समय आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस