प्रेस काउन्सिलका पदाधिकारीलाई धम्की दिने २ जना पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रेस काउन्सिलका पदाधिकारीलाई धम्की दिने २ जना पक्राउ


१३ असार २०७५, बुधबार


काठमाडौं । सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीको व्यक्तिगत जीवनमा आच आउने तथा ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षिया विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षीया विष्णु ढकाल रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनाका विषयमा पाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको हो ।

उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस