२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताए ।

ओलीले भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिकी राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । प्रधानमन्त्री ओलीले भने, “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

उनले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।”

फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।