नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली


१३ असार २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताए ।

ओलीले भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिकी राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । प्रधानमन्त्री ओलीले भने, “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ, हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

उनले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने, “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं ।”

फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस