२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणका उपलब्धी बारे संसदलाई जानकारी

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्े ।

चीन भ्रमणका क्रममा पनि देशलाई फाइदा पुग्ने थुप्रै सहमति र सम्झौता भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिऐ । उनले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको,सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षम हुने विश्वास चीनले व्यक्त गरेको बताए ।

उनले भने,“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रष्तुत हुने काम गर्दैनौ, देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गर्छाैं ।”

नेपाल र चीनबीच मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने,दुई देशका बीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने ,सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताए । यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्धेश्य रहेको उनले बताऐ । “हाम्रो भ्रमणका अधिकांस उद्धेश्य पुरा भएको हामीले महसुष गरेका छौं ” प्रधानमन्त्री ओलीले भने ।

चीनमा रहंदा आफूले राष्ट्रपति सी जिनपिङ्ग,प्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी बताए ।

प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारी पत्र, मितेरी पुल र रसुवा पुल पुननिर्माण सम्बन्धी सम्झौताहरु, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र, नुवाकोट दरबार पुननिर्माण, रसुवा, दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारीदिए ।

पूर्वा तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको उनले बताए ।

आफू भारत भ्रमणबाट फर्केपछि यस भ्रमणका सकारात्मक असर क्रमश देखिने छन् भनेको स्मरण गरांउदै प्रधानमन्त्री ओलीले भने “विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु, थप हवाइ रुट नेपालले पाउनु, डुबानको बिषयमा नेपाल भारतको संयुक्त टिमले अध्ययन गर्नु भ्रमणका सकारात्मक पक्ष थिए ।

जो केही समय पछि देखिए । अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन् । चीन भ्रमणका पनि यस्ता सकारात्मक पक्ष अब क्रमश देखिँदै जानेछन् ।”