प्रतिनिधिसभाको बैठक शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभाको बैठक शुरु


१२ असार २०७५, मंगलबार


काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राख्दै छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

त्यसैगरी आजको कार्यसूचीमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकको खर्च रकमलाई घटाइ एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा १०० घटाइयोस् भनी प्रस्ताव राख्ने र मीनेन्द्रप्रसाद रिजालले विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस