यसरी पुग्न सक्छ अर्जेन्टिना अन्तिम १६ मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यसरी पुग्न सक्छ अर्जेन्टिना अन्तिम १६ मा


१२ असार २०७५, मंगलबार


काठमाडौं । विश्वकप सुरु हुनुअघि अर्जेन्टिनालाई दाबेदारका रूपमा हेरिएको थियो । यसको कारण थियो– पछिल्लो संस्करणको उपविजेता र टिममा विश्वका सर्वाेकृष्ट खेलाडीमध्येका एक लियोनल मेस्सी रहनु । तर, समूह चरणका दुई खेलमा टिमले अपेक्षाकृत नतिजा ल्याउन सकेन । यसले अर्जेन्टिना विश्वकपबाट बाहिरिने संघारमा छ । यद्यपि, दोस्रो चरणको ‘रेस’बाट भने बाहिरिसकेको छैन । समूह ‘डी’को पुछारमा रहेको अर्जेन्टिनाको एक अंक मात्रै छ ।

पहिलो खेलमा आइसल्याण्डसँग अप्रत्यासित रूपमा बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।
अर्जेन्टिनाले नाइजेरियासँग समूह चरणको अन्तिम खेल आज खेल्दैछ । नेपाली समय अनुसार राति ११ः४५ मा दुवै टिमबीच प्रतिष्पर्धा हुँदैछ । यही खेलबाट उसको भाग्यको फैसला हुँदैछ ।

यस्तोमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरे मात्रै दोस्रो चरण पुग्न सक्छ । तर, यतिले ऊ अघिल्लो चरण पुग्दैन, उसले आइसल्याण्ड र क्रोएसियाको नतिजामा भर पर्नुपर्नेछ । क्रोएसियाले आइसल्यान्ड पराजित गरे वा बराबरीमा रोके मात्रै अर्जेन्टिना दोस्रो चरण पुग्नेछ ।

यस्तो छ समूहका अन्य टिमको समीकरण
समूह ‘डी’बाट क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । यस समूहबाट कोही टिम पनि प्रतियोगिताबाट बाहिरिएका छैनन् । आज हुने समूह चरणका दुई खेलबाट दोस्रो चरण पुग्ने टिमको टुंगो लाग्नेछ ।

क्रोएसिया
समूह चरणका दुई खेल जित्दै दोस्रो चरण पुगिसकेको छ । उसले आज ६ अंकका ल्याएको क्रोएसियाले आइसल्याण्डसँग भिड्दैछ । यस्तोमा सामान्य गोल अन्तरको जित वा बराबरीले पनि ऊ समूह बिजेता बन्नेछ । आइसल्याण्डसँग फराकिलो अन्तरले पराजित भयो भने मात्रै उपबिजेता बन्नेछ ।

नाइजेरिया
तीन अंकसहित समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा क्रोएसियासँग पराजित भएको यो टिमले दोस्रो खेलमा आइसल्याण्डलाई हराएको थियो । आज हुने समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई पराजित गरे सोझै दोस्रो चरण पुग्न सक्छ । तर, अर्जेन्टिनालाई बराबरीमा रोक्यो र आइसल्याण्डले क्रोएसियालाई फराकिलो अन्तरले हरायो भने गोलअन्तरका आधारमा नाइजेरिया दोस्रो चरण पुग्न सक्छ ।

आइसल्याण्ड
अर्जेन्टिनासँग बराबरी र नाइजेरियासँग पराजय भोगेको आइसल्याण्ड समूहको तेस्रो स्थानमा छ । अर्जेन्टिनाको पनि समान एक अंक भए पनि गोलअन्तरका आधारमा आइसल्याण्ड तेस्रो बनेको हो । यस्तोमा आइसल्याण्डलाई दोस्रो चरणमा पुग्न अन्तिम खेलमा क्रोएसियालाई पराजित गर्नुपर्नेछ । उसले पनि अर्जेन्टिना र नाइजेरियाको नतिजामा भर पर्नुपर्नेछ । यस्तोमा अर्जेन्टिनाले नाइजेरियालाई सामान्य गोल अन्तरले पराजित गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस