इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत


११ असार २०७५, सोमबार


काठमाडौं । आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल) को योगदान गरे भने दुई गोल जोन स्टोनले गरेका छन् भने एक गोल जेसी लिङगार्डले गरे ।

इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गर्नुभएको थियो भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गरेका थिए ।

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गरेका थिए ।

यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीच साँझ ८ः४५ मा हुनेछ । यस्तै तेस्रो खेल पोल्याण्ड र कोलम्बियाबीच राति ११ः४५ मा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस