यौन शोषणको आरोपमा पक्राउ परेका पत्रकार विक कारागार चलान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यौन शोषणको आरोपमा पक्राउ परेका पत्रकार विक कारागार चलान


१० असार २०७५, आइतबार


रुकुम । यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत रुकुम (पश्चिम)का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए ।

विकलाई त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत जेठ २२ गते प्रहरीले पक्राउ गरेको थियो । आफूलाई जबरजस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई पक्राउ गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस