रेड पाण्डाको छालासहित तीन पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेड पाण्डाको छालासहित तीन पक्राउ


१० असार २०७५, आइतबार


काठमाडौं । रेड पाण्डाको छालासहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार दिउँसो काठमाडौं– ६ बौद्धबाट एक थान रेड पाण्डाको छाला र बा५८प १३७८ नं. को मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बु दुधकोशी– १ स्थायी घर भई बानेश्वर बस्ने २४ वर्षीय आङदावा शर्पा, सोलुखुम्बु माकुलुङ घर भई हाल बुढानिलकण्ठ बस्ने २२ वर्षीय लाक्पा शेर्पा र कपन बस्ने २३ वर्षीय आङचिन्डु शेर्पा रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस