कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कांग्रेसको विरोधका कारण प्रदेशसभा बैठक स्थगित


४ असार २०७५, सोमबार


बुटवल । प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ ।

प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरेका हुन् ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कार्वाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस