२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोपोन्मुख  २२ जातका धानको बीउ बैंकमा संरक्षित

अ+ अ-

कञ्चनपुर । एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ ।

बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताए।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् ।

ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रत्येक वर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउदै आएका छन् ।

स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ अध्यक्ष रानाले भने, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गरिएको मलको प्रयोग गरी डाभरसिटी ब्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रति वर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पु¥याइँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान आशाराम चौधरीले बताए । यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विण्टल बढी उत्पादन भएको छ । बजारको दररेटभन्दा १० देखि १५ सस्तोमा धानका बीउ किसानलाई बिक्री हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस