मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मेसीको पेनाल्टी प्रहार विफल हुँदा आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा


३ असार २०७५, आइतबार


रूस । फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याए । तर उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।

खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल नै अर्जेन्टिनाको खेललाई बराबरीमा राख्न सफल सावित भएको छ

समूह घ बाट भएको पहिलो खेलमा अर्जेन्टिनाको नियन्त्रणमा अधिकांश समय बल नियन्त्रण रहेको भएपनि गोल लगाउन भने दक्षिण अमेरिकी समूह चुकेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस