गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


२ असार २०७५, शनिबार


जिन्दगी नै दाउमा लगाएर को गयो ?
घाउमा नुन चुक लगाएर को गयो ?

दिलमा फुलाएको थिएँ त्यो कमल,
टिपेर तलाउमा लगाएर को गयो ?

छमछमी आवाज निकाल्यो मन छुने
त्यो पाउजु पाउमा लगाएर को गयो ?

हिजोसम्म मिलेर बसेकोथ्यो समाज
आज गाउँमा आगो लगाएर को गयो ?

जनतालाई महँगीको मारमा पारेर
मानवता भाउमा लगाएर को गयो ?

राष्ट्रघात गरेर नै राष्ट्रघाती बन्यो,
त्यो कलंक नाउमा लगाएर को गयो ?

प्रतिक्रिया दिनुहोस