हिलिहाङले बाँड्यो बाह्रसयभन्दा बढी परिचयपत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हिलिहाङले बाँड्यो बाह्रसयभन्दा बढी परिचयपत्र


१ असार २०७५, शुक्रबार


पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको सप्ताहव्यापी ज्येष्ठ नागरिक सम्मान तथा परिचयपत्र वितरणमा एक हजार २०० भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिकाका सातवटै वडाका गरेर ६० वर्षमाथिका एक हजार २६१ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । यस्तै, ८० वर्षमाथिका २९६ ज्येष्ठ नागरिकलाई नगद एक हजार दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै, ५३ वटा अपांगता परिचयपत्र पनि वितरण गरिएको छ ।

रातो ११ वटा, निलो २४ वटा, पहेँलो नौवटा र सेतो नौवटा गरी ५३ वटा परिचयपत्र वितरण गरिएको हिलिहाङ गाउँपालिकाका योजना प्रमुख देवेन्द्र कटुवालले बताए ।

यस्तै, समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटाले गाउँपालिकाले अत्यन्तै राम्रो र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे ।

बिहीबार समापन समारोह कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले प्रत्येक गाउँपालिकाका वडामा दिवा सेवा केन्द्र स्थापना गर्नुपर्ने बताए।

यस्तै, गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले आगामी दिनमा अझै ज्येष्ठ नागरिकको सवालमा राम्राराम्रा कार्यक्रम लिएर आउने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतम, सेनाको हिमशिखर गुल्मका गुल्मपति लोकेन्द्र भट्ट, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बू, प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारका डा. सरोज लावती, महिला विकास अधिकृत निर्मला दाहाल, अपांग सेवा संघ, पाँचथरका अध्यक्ष नवीन ढुंगेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस