विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत : योगेश भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत : योगेश भट्टराई


१ असार २०७५, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षा अनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाए ।

नेता भट्टराईले भने, “कांग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ । त्यो बुझ्न सकिएको छैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ ।” सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति गर्नु नपर्ने उनको भनाइ थियो ।

नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस