२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वपश्चिम रेलमार्ग निर्माणमा जमिनमुनिको पानीले समस्या निम्त्याउने

अ+ अ-

काठमाडौं । पूर्व पश्चिम रेलमार्ग निर्माण कार्यमा जमिनमुनिको पानीले समस्या निम्त्याउने देखिएको छ ।

प्रस्तावित पूर्व पश्चिम रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको रेल विभागले बताएको छ ।

बुटवलभन्दा पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहँदा कैलालीको जमिन मुनि पानी धेरै भएकाले प्रविधिक चुनौती सृजना हुने जनाइएको छ ।

बुटवलदेखि कन्चनपुरको गड्डाचौकीसम्मको ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम रेल विभागले गरिरहेको छ।

२५ किलोमिटर क्षेत्रमा निर्माण भइरहेको ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम भइरहेको रेल विभागले जनाएको छ । रेखाङ्कन सकेर रेल विभागले माटो परीक्षण गरिरहेको छ ।

माटो परीक्षण गर्दा कैलालीमा रेलमार्ग बनाउन कठिनाइ भएको प्राविधिकहरूको टोलिले बताएको छ ।