पूर्वपश्चिम रेलमार्ग निर्माणमा जमिनमुनिको पानीले समस्या निम्त्याउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वपश्चिम रेलमार्ग निर्माणमा जमिनमुनिको पानीले समस्या निम्त्याउने


१ असार २०७५, शुक्रबार


काठमाडौं । पूर्व पश्चिम रेलमार्ग निर्माण कार्यमा जमिनमुनिको पानीले समस्या निम्त्याउने देखिएको छ ।

प्रस्तावित पूर्व पश्चिम रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको रेल विभागले बताएको छ ।

बुटवलभन्दा पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहँदा कैलालीको जमिन मुनि पानी धेरै भएकाले प्रविधिक चुनौती सृजना हुने जनाइएको छ ।

बुटवलदेखि कन्चनपुरको गड्डाचौकीसम्मको ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम रेल विभागले गरिरहेको छ।

२५ किलोमिटर क्षेत्रमा निर्माण भइरहेको ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम भइरहेको रेल विभागले जनाएको छ । रेखाङ्कन सकेर रेल विभागले माटो परीक्षण गरिरहेको छ ।

माटो परीक्षण गर्दा कैलालीमा रेलमार्ग बनाउन कठिनाइ भएको प्राविधिकहरूको टोलिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस