२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा : भौतिक पूर्वाधार विकास पर्यटन प्रवर्द्धन को अत्यावश्यक शर्त

अ+ अ-

काठमाडौं । प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिए पनि बजेट विनियोजनको मात्रा हेर्दा पर्यटक भित्र्याउन आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास र प्राकृतिक ताल तलैया संरक्षणमा ध्यान नदिइएको गुनासो गरे।

विनियोजन विधेयक, २०७५ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूद र अर्थमन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले पर्यटकको आवागमन बढाउन भौतिक पूर्वाधारको विकासमा ध्यान दिन आग्रह गरे ।

सांसद सञ्जय गौतमले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रमा सरकारले केही राम्रा विषय समावेश गरे पनि बजेट विनियोजनको मात्रा हेर्दा बजेट केन्द्रीकृत मान्यताका आधारमा ल्याइएको छ भने ।

तारा तालदेखि रारा तालसम्म जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजना बजेटमा नआएको, बर्दिया राष्ट्रिय निकुञ्जको भौतिक पूर्वाधारको विकासमा ध्यान नदिइएको उनले गुनासो गरे।

सांसद गौतमले सरकारले पर्यटन प्रवद्र्धदन गर्ने भन्दै रारा तालमा कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकसमेत बसेको भए पनि बजेटमा डोल्पालाई मात्रै प्राथमिकतामा राखेर अरु जिल्ला र क्षेत्रलाई ओझलमा पारिएकामा आपत्ति प्रकट गरे ।

सांसद लक्ष्मणलाल कर्णले धार्मिक पर्यटन प्रवर्द्धनमा विशेष जोड दिन आग्रह गर्दै नेपाली नागरिकलाई नै देश भ्रमण गराउने योजना ल्याउन, भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए ।

सरकारले खेलकूदको विकासका लागि नारा अगाडि सारेको भए पनि रंगशाला निर्माणमा ध्यान नदिइएकामा आपत्ति जनाए । खेलकूदमा सम्पूर्ण प्रगतिका लागि जताततै रंगशाला निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

हुम्लाका सांसद छक्कबहादुर लामाले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष रुपमा लागिने बताइए पनि डोल्पामा मात्रै बजेट विनियोजन गरिएकामा गुनासो गरे । सडक यातायातले नछोएको डोल्पालाई मात्रै पर्यटन प्रवर्द्धन गर्ने भनेर बजेट उपलब्ध गराइएको र अरु जिल्लालाई ध्यान नदिएर विभेद गरिएको उनको भनाइ थियो ।

हुम्लाको सिमीकोट विमानस्थलमा आन्दोलन शुरु भएको आज तीनदिन भए पनि सरकारले समस्या समाधानमा ध्यान नदिएकामा उनको आपत्ति थियो ।

सांसद कमला रोकाले आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई पूरा गर्न नीतिगत, प्राविधिक एवं भौतिक तयारी गर्नुपर्नेमा जोड दिए ।

उनले साहसिक खेलकूदलाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै प्याराग्लाइडिङ, बन्जीजम्पको प्रवद्र्धनमा विशेष ध्यान दिन आग्रह गरे। सांसद रोकाले ‘जनयुद्ध’ कालीन गुरिल्ला पदमार्गको विकास र प्रवर्द्धनमा जोड दिएर पर्यटन विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

सांसद डिला संग्रौलाले प्रदेश नं १ मा सीमसारलाई रामसार सूचीमा राखेर पर्यटन भौतिक पूर्वाधार विकास पर्यटन प्रवर्द्धन को अत्यावश्यक शर्त गर्नुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने, नेपालको संस्कृति, कलालाई पनि पर्यटन विकासको माध्यम बनाउनुपर्ने आवश्यकता औल्याए ।

सांसद यशोदा सुवेदीले नेपालका सांस्कृतिक कला तथा प्राकृतिक स्रोत तथा साधनलाई प्रयोग गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने, नयाँ नयाँ पर्यटन गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिंदै अन्नपूर्ण पदमार्गमा सडक निर्माण भएपछि केही समस्या आएको छ भने ।

सांसद मीनबहादुर विकले ठूला नेताको प्रभावमा बजेट विनियोजन गरिएको भन्दै विनियोजन प्रणाली नै गलत रहेको आरोप लगाए । रासस