प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ ।

विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् ।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राखे ।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताए भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिइन् । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस