२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदान रकम आफ्नालाई दिन चलखेल

अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्मा आफन्त र चिनेजानेका संघसंस्थालाई अनुदान रकम दिने चलखेल सुरु भएको छ । स्रोतका अनुसार परिषद् अध्यक्ष थम माया थापा, उपाध्यक्ष निरमणि बडाल, कोषाध्यक्ष वीरबहादुर ठगुन्नालगायतको मिलेमतोमा रकम अनियमितता गर्ने चलखेल सुरु भएको हो ।

परिषद्ले चालू आर्थिक वर्षमा संघसंस्थालाई अनुदान रकम वितरण गर्न झन्डै एक करोड रूपैयाँ छुट्याएको छ ।

परिषद्ले गत वैशाख १६ गते संघसंस्थालाई अनुदान रकमका लागि प्रस्ताव पठाउने सूचना परिषद्को वेबसाइटमा राख्ने निर्णय गरेको थियो । सो निर्णयमा सदस्य सचिवको हस्ताक्षर छैन । समाज कल्याण परिषद् ऐन २०४९ को दफा ८ को उपदफा ५ मा परिषद्को निर्णय सदस्य सचिवद्वारा प्रमाणित गरिने उल्लेख छ ।

परिषद्का पदाधिकारीले सदस्य सचिव डिल्लीराज भट्टलाई ‘वाइपास’ गरी आफूखुसी निर्णय गरेपछि अनियमितताको आशंका गरिएको हो ।

नजिक र चिनेजानेका संघसंस्थालाई अनुदानको रकम दिन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन नगरेको स्रोतको आरोप छ । यसअघि यस्ता सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गरिन्थ्यो ।

‘परिषद्का केही व्यक्तिले आफ्नो टिओआरभन्दा बाहिर गएर पावर एक्ससाइज गरेको प्रष्ट देखिन्छ,’ परिषद्का सदस्य सचिव डिल्लीराज भट्ट भन्छन् ।

अहिले परिषद्मा सयभन्दा बढी संघसंस्थाको प्रस्ताव संकलन भएको स्रोतले जनाएको छ । तर, यसबारे आफूलाई केही जानकारी नदिएको सदस्य सचिव भट्टले जानकारी दिए । ‘संघसंस्थाबाट आएका प्रस्ताव मकहाँ आउनुपर्ने हो । तर, फाइलहरू कहाँ छन् मलाई जानकारी नै छैन,’ उनले भने ।

अख्तियारमा उजुरी
समाज कल्याण परिषद् अध्यक्ष थापा, उपाध्यक्ष बडाल र कोषाध्यक्ष ठगुनाले संघसंस्थालाई दिने रकम अनियमितता गर्न लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
समाज कल्याण परिषद्मा अनियमितता हुन लागेको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस