लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर


३० जेष्ठ २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. एसियाली देशहूको दिगो विकास सम्बन्धी सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरिएको छ ?
– जपानको टोकियो

२. नेपाल र बुरुन्डीबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१८ जुन ६ ( नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १६० औँ राष्ट्र)

३. वि.सं. २०७५ मा आयोजना गरिएको आठौँ राष्ट्रिय खेलकुदको नारा केहो ?
– ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ ( वि.सं. २०७४ फागुन ८ मा सार्वजनिक) (मस्कट  : हात्तीको छावा)

४. विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आ.व. २०७४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
– ६.३ प्रतिशत

५. सन् २०१८ जूनमा विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको सङ्गठन ‘जी ७ को शिखर सम्मेलन कहाँ आयोजना गरियो ?
-क्यानडाको क्युवेक ( सन् २०१४ मा क्रिमियामाथि कब्जा गरेको भन्दै रुसलाई जी ८ देशको समूहबाट हटाएपश्चात यो समूह जी ७ बनेको)

६. ‘कठोरता भन्दा नम्रता, चट्टानभन्दा पानी र बलभन्दा प्रेम धेरै शत्तिशाली छ ।’ भ्नने विचारक को हुन् ?
– हरमन हेल

७. पर्यटकको आगमन बठाउने उद्देश्यसहित घोषण गरिएको भ्रमण वर्ष २०२० को आधिकारिक ‘लोगो’ कहिले सार्वजनिक गरियो ?
– वि.सं. २०७५ जेठ २५ (जीवनकालको अनुभवकालागि नेपाल घुमौँ (भिजिट नेपाल २०२० लाइफटाइम एक्सपरिएन्स) भन्ने सन्देश उल्लेखित लोगोको डिजाइन उद्धव रिमालले गरेका हुन्)

८. सन् २०१८ जुन महिनामा प्रकाशित फिफा वरियतामा पहिलो दश स्थानमा रहन सफल राष्ट्र कुन कुन हुन् ?
– क्रमशः जर्मनी, बौजिल, बेल्जियम, पोर्चुगल, अर्जेन्टिना, स्वीजरल्यान्ड, फ्रान्स, पोल्यान्ड, चिली र स्पेन ( जुन ८ मा सार्वजनिक सो वरियतामा नेपाल १६१ ओँ स्थानमा रहेको ।)

९. नागढुङ्गा नौबीसे सुरुङ मार्गको लम्बाक्ष् कति रहेको छ ?
– २.३५ कि.मि.

१०. अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
– सन् २०१८ जुन १२ ( सिङ्गापुरस्थित होटेल क्यापेलामा उनीहरुबीच भेटवार्ता भएको । अमेरिकी राष्ट्रपति तथा उत्तरकोरियाली नेताबीच यो पहिलो भेट भएको । भेटवार्ता पश्चात् अमेरिका र उत्तर कोरियाले संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।)

११. १३ औँ दक्षिणएसियाली खेलकुद (साग) कहाँ आयोजना गरिने भएको छ ?
नेपाल ( वि.सं. २०७३ मङ्सिर १८ मा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औँ दक्षिण एसियाली खेलकुद वि.सं. २०७५ फागुन २५ देखि चैत्र ४ )सन् २०१९ मार्च ९ १८) सम्म सञ्चालन हुने मिति तय गरेको । यसअघि सन् २०१८ मा हुने भनिएको साग एक वष्र्नपछि धकेलिएको ।

१२. दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
– नर्वेली अन्वेषक रोआल्ड एमन्डसेन (सन् १९११ डिसेम्बर १४ मा पुगेका ।)

१३. नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गरी कीर्तिमा कायम गर्ने समाजसेवी एवं रक्रदाता को हुन् ?
– प्रेमसागर कर्माचार्य

४. विभिन्न उत्पादकले आफ्ना सामाग्रीमा प्रयोग गर्ने क्यु.आर..कोडको पूरा रुप केहो ?
– क्विक रेस्पोन्स कोड

१५. आयुर्वेदमा मानिसको स्वास्थ्य रक्षाका साथै रोगीको उपचारमा प्रयोग गरिने द्रव्यहरुको स्वरुप परिचय, उपयोग, गुणकर्म आदि विवेचनासहितको सङ्ग्रहयुक्त कोषलाई के भनिन्छ ?
निघण्टु

१६. गैर आवासिय नेपाली संघको स्थापना कहिले भएको हो ?
– सन् २००३ अक्टोबर ११

१७. आसियान राष्ट्रमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र इण्डोनेसिया हो भने सबैभन्दा कम जनसङख्य भएको राष्ट्र कुन हो ?
– ब्रुनाई

१८. बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट कहिले पारित भयो ?
– वि.सं.२०७३ पुस २६ गते

१९. आगामी तीन वर्षमा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने लक्ष्यसहित १४औँ त्रिवर्षीय योजनाको विस्तृतदस्तावेज कहिले पारित भएको हो ?
– वि.सं. २०७३ पुस २४

२०. नेपाल टेलिकमले दूरसञ्चार क्षेत्रमा चौथो पुस्ताको सेवाको रुपमा परिचित ‘फेरजी’ सेवा कहिलेदेखि सञ्चालनमा ल्याएको हो ?
– वि.सं. २०७३ पुस १७ (१ जनवरी २०१७)

२१. जैविक हतियार निषेध सम्बन्धी महासन्धीको नेपाल कतिऔँ पक्ष राष्ट्र हो ?
– १७७ औँ

२२. नेपालले विश्व फुटबल महासंघको सदस्यता कहिले प्राप्त गरेको हो ?
– सन् १९७३

२३. दोक्लाम घटनालाई लिई भारत र चीन बीच उत्पन्न विवादको समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?
– सन्२०१७ अगस्ट २८

२४. विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल काउन्सिलको वैठक सन् २०१८ मा कहाँ आयोजना गरियो ?
– इरानको राजधानी तेहरान

२५. थ्री पर्सन आईभीएफ प्रविधिमार्फत् बच्चाको जन्म कहिले भएको हो ?
– सन् २०१७ जनवरी ५

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधानले राजनीतिक तथा शासन व्यवस्थास्म्बन्धी के कस्तो नीति अख्तियार गरेको छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा ५१ (ख) ले राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी देहानयको नीति अवलम्वन गर्ने गरेको छ , जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ :
–  राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्ने,
–  आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट जनाताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
–  मानवअधिकारको संराक्षण र सम्बद्र्धन गर्ने,
–  विधिको शासन कायम राख्ने,
–  नेपाल पक्षभएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन गर्ने,
–  सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउने,
–  राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गर्ने,
–  सुशासनको प्रत्याभूति गर्ने,
–  आमसञ्चारलाई स्वच्छ, स्वस्थ निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायीक बनाउन आवश्यक व्यवस्थागर्ने,
–  सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।

२. उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने कुरा केके हुन् ? उल्लेख गर्नुहोस् ।
उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोग्य वस्तुको लेबलमा उत्पादकले अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने कुराको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ ः
– उत्पादकको नाम ठेगाना र उत्पादकको दर्ता नम्बर,
– खाद्यपदार्थ र औषधिजस्ता उपभोग्य वस्तुको मिश्रण, त्यसको परिणम र तौल,
– गुणस्तर निर्धारण भएको उपभोग्य वस्तुमा सो वस्तुको गुणस्तर,
– उपभोग्य वस्तु उपभोग गर्ने तरिका र सो वस्तु उपभोग गरेबाट हुन सक्ने प्रभाव,
– उपभोग्य वस्तुको मुल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मिति,
– इलेक्ट्रोनिक हार्डवेयर तथा यान्त्रिकजस्ता उपभोग्य वस्तुमा सो वस्तुको ग्यारेन्टी, ग्यारेन्टी मिति तथा अन्य आवश्यक कुरा,
– प्रज्वलनशिल, दुर्घटनाजन्य तथा सजिलैसँग टुटफुट हुनसक्ने उपभोग्य वस्तुमा सो वस्तुको सुरक्षाको लागि अपनाउनुपर्ने कुराहरु,
– तोकिएबमोजिमका अन्य कुराहरु ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस