२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

अ+ अ-

काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन ।

जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो ।

अहिले पूर्व र मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमसम्म फैलन अझै केही दिन लाग्ने मौसमविद् वरुण पौडेलले बताए ।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औषत वर्षा बढीमा ४५ मिलिमिटरमात्र भएको छ । हल्कादेखि मध्यमखालको वर्षा भएको हुँदा केही दिन बाढीलगायत प्रकोपको सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ ।

उनका अनुसार पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझै केही समय लाग्ने भएकाले ती क्षेत्रमा केहीदिन बढी गर्मी हुनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा १५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा ४१, सिमरामा २७, विराटनगरमा १५ र ओखलढुङ्गामा पाँच मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्न घाम चर्कने र दिउँसो बदली हुने क्रम जारी छ । क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा उपत्यकामा बढी गर्मी महसुस गरिएको हो । तीनदिनयता काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३१।५ सेल्सियससम्म पुगेकामा आज ३० डिग्री सेल्सियसमा झरेको छ । यसअघि यही जेठ १२ र १३ गते यो वर्षकै बढी तापक्रम क्रमशः ३१ र ३१.५ सेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ जुन महिनामा काठमाडौंको बढीमा ३२ डिग्री तापक्रम पुगेको महाशाखाले जनाएको छ ।

यसैबीच महाशाखाले जनाएअनुसार विगत केही दिनदेखि उत्तरी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली यही जेठ २ र २८ मा जमिनमा प्रवेश गरेको छ ।

यो प्रणाली उत्तरपूर्वी दिशातर्फ सर्दै जाने तथा विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । सो न्यूनचापीय प्रणाली कमजोर भएसँगै नेपालतिर जलबाष्पयुक्त हावाको प्रवाह बढ्ने मौसमविद्हरुको अनुमान छ । सोही जलबाष्पयुक्त हावाका कारण जेठ २९ देखि नेपालका पूर्वी भागमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको हो ।

महाशाखाले विज्ञप्ति निकालेर यही जेठ २५ गते पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरेको थियो ।

नेपालमा समान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । सोही आधारमा यस वर्षको मनसुन दुई दिनअघि शुरु भए पनि अझै सक्रिय बन्न सकेको छैन ।

नेपालमा साधारणतया (जुन १० देखि सेप्टेम्बर २३)सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८०५ वर्षा हुने गर्छ । यसरी साउथ एशियन आउटलुक फोरम–१२ मा आँकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भूभागमा सरदर वर्षा हुने अनुमान गरिएको छ ।