किसानलाई धानको बीउ वितरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

किसानलाई धानको बीउ वितरण


२९ जेष्ठ २०७५, मंगलबार


लहान । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।

नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।

प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिए।

यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताए । रासस

प्रतिक्रिया दिनुहोस