अबैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अबैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । अबैध भारतीय रुपैयाँको कारोवार हुँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–११ स्थित रानीघाटमा ना.३१ प. ५६०६ नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–८, लोसाङ बस्ने २१ वर्षीया अजित कुमार झा र सिमरा–७ का निरज कुमार सिंह रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ३१ लाख भारतीय रुपैयाँ बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस