प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । ठूलो परिणाममा लागु औषधसहित चार जना पक्राउ परेका छन् । कठमाडौं प्रहरी महानगरीय वृत्तले विषेश सूचनाको आधारमा काठमाडौं महानगरपालिका २५ नघंलमा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. २७ नघंलका ३१ वर्षीय सुनिल श्रेष्ठ, वडा नं. १७ घर भएका ३१ वर्षीय रविन्स महर्जन, वडा नंं २७ असन घर बताउने २४ वर्षीय रविन शाही र काभ्रे जिल्ला रोसी गाउँपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला स्वयम्भु बस्ने ३० वर्षीय राजकुमार तामाङ्ग रहेका छन् ।

महानगरीय प्रहरीवृत्त, जनसेवा काठमाडौंका अनुसार सुनिल श्रेष्ठको झोलाबाट प्रतिबन्धित लागुऔषध डाईजाल्याप १२७ थान, नुफिन १०२ थान, फेनारगन २९८ थान गरी जम्मा ५५७ सेटसहित डेल कम्पनिको ल्यापटप १ थान, मोबाईल १६ थान, र नगद ७५०० बरामद गरिएको छ ।

पक्राउ गरिएका चारै जनामाथि अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त जनसेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस