फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने


२५ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । पारित नियमावली अनुसार अब फौजदारी अभियोग लागेका सांसद् निलम्बित नहुने भएका छन् ।

फौजदारी अभियोग लागेका सांसदलाई निलम्वन नगर्न माग गर्दै आएको कांग्रेसको धारणामा सहमति भएपछि कांग्रेसले पनि नियमावलीको पक्षमा मतदान गरेको छ । योसँगै संसद बैठकले नियमावली बहुमतले पारित गरेको छ ।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सुविधा नदिने उल्लेख गरिएको छ । तर निलम्बन गर्ने भन्ने शब्द राखिएको छैन ।

नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस