२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार दीर्घकालिन सोचका साथ अघि बढ्ने बताए ।

मन्त्री तथा सचिबहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिँदैै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेको र जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए । जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्धढंगले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भने “यो सरकार पुजारी जस्तै होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने । अनि भोली फेरी उहि रित दोहो-याउने, देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।”

प्रधानमन्त्री ओलीले विकाशप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, “हरेक मन्त्रालयले के कस्ता कार्यक्रम कसरी सञ्चालन गर्ने, त्यसका लागि असार १५ गते भित्र ठोस योजना लिएर आउनुहोस्, असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।”

अब मुलुक कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिबहरुलाई यसको प्रत्याभुती दिन प्रधामन्त्री ओलीले निर्देशन दिएका छन् । “सरकार भ्रष्टाचारप्रति शुन्य सहनशिल छ । त्यसकारण साथीभाइ,कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमित काम नगर्नुहोस ” प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस