वैशाखदेखि सम्पर्क विहीन एकैघरका दुई बुहारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वैशाखदेखि सम्पर्क विहीन एकैघरका दुई बुहारी


२४ जेष्ठ २०७५, बिहिबार


बालक बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् ।

डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिए ।

बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उनले बताए । ‘हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गयौँ तर केही पनि पत्ता लाग्न सकेन,’– बुढाले भने । हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ ।

खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमानसमेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् ।

घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्किएपछि मोबाइल फोनसमेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस