प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु (फोटो फिचर)


२२ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवशको अवसरमा मंगलबार सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गरेका छन् ।

अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिने जानकारी दिए । ‘सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने,

‘फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।’ फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ’ प्रधानमन्त्री ओलीले भने ।

सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस