२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै इन्जिनियर आएनन्

अ+ अ-

खोटाङ । भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इन्जिनियर आएका छैनन् ।

जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले दुई महिनाअघि इन्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर उनीहरू आउन नमानेको ती गाउँपालिकाका प्रमुखको भनाइ छ ।

“इन्जिनियर नआएपछि भूकम्पपीडितसँगै हामी पनि अन्यौलमा परेका छौँ,” ऐँसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने, “इन्जिनियरको लापरबाहीप्रति सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।”

प्राधिकरणले पठाएका इन्जिनियरले प्रमाणीकरण गरेका अन्य स्थानीय तहका लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझ्न शुरु गरेका छन् । पहिलो किस्ता बुझेका जिल्लाका आठ हजार १७३ लाभग्राहीमध्ये अहिलेसम्म ७९ लाभग्राहीले दोस्रो किस्ताबापत एक लाख ५० हजारका दरले अनुदान बुझेका हुन् ।

पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएका जनाइएको छ । प्राधिकरणले बेलैमा दोस्रो किस्ता नपठाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् । आठ हजार ४४३ लाभग्राही रहेको खोटाङका कतिपयले डिपिसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिकासहित दश स्थानीय तह रहेको जिल्लामा पहिलो किस्ता बुझेर पनि अझैसम्म घर निर्माण शुरु नै नगर्ने पनि छन् ।

दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश भवन अलपत्र परेका छन् । अधिकतम् भूकम्पपीडितले डिपिसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए ।

जिल्लाका २७० लाभग्राही भने अहिलेसम्म पनि पहिलो किस्ता बापतको रकम पाएका छैनन् । विदेशमा रहेका घरमूलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि विदेशिएका वा मृत्यु भएका, बूढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म धाउन नसक्ने जस्ता समस्याका कारण कतिपय भूकम्पपीडितले हालसम्म अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७९९ घरमा क्षति पुगेको तथ्यांक छ ।

भूकम्पका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डिपिसी पूरा गरेका जिल्लाका ७९ लाभग्राहीले बल्ल दोस्रो किस्ता रकम निकासा पाएका जिल्ला समन्वय समितिका आवास अनुदान सहजकर्ता रविकिरण आचार्यले बताए ।