२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले सरकारलाई बुझाए ४४ बुँदे माग

अ+ अ-

काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसँग ४४ बुँदे माग पेश गरेको छ ।

युनियनको दोस्रो राष्ट्रिय भेलाबाट पारित प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मागकारूपमा पेश गरेको हो । गत शनिबार सम्पन्न भेलालले ऐन नियमावली, सेवाग्राही सम्बन्धमा र विविध विषयका प्रस्ताव पारित गरेको थियो ।

निजामती सेवा नियमावली २०५० को नियम ११७ क को उपनियम १४ मा आधिकारिक ट्रेड युनियनले सरकारलाई माग पेश गर्न पाउने प्रावधान छ । निजामती सेवा नियमावलीको उप नियम ११७ क (१४) मा केन्द्रिय स्तरको आधिकारिक ट्रेड युनियन र सामान्य प्रशासन मन्त्रालयबीच हुने सामूहिक सौदाबाजीको प्रक्रिया उल्लेख छ । जसअनुसार कर्मचारीहरूको पेशागत हकहितको विषयमा माग पेश भएको २१ दिनभित्र आपसी छलफल गरी निकास दिनुपर्ने व्यवस्था छ । त्यसअवधिमा समाधान नभए मागहरूबारे थप छलफल गर्न कर्मचारीबीच लैजाने र कार्यसमितिबाट माग अनुमोदन गराई पुनः सामान्य प्रशासन मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

मागपत्रमा प्रस्तावित संघीय निजामती सेवा ऐनलाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर मात्र अन्तिम रूप दिनुपर्ने, संघीय निजामती सेवा ऐनमा विद्यमान ट्रेड युनियनको जुन व्यवस्था छ, त्यसैलाई अक्षरसः राख्ने व्यवस्था हुनुपर्ने उल्लेख छ । यस्तै, संघ, प्रदेश र स्थानीय तहका निजामती सेवासँग सम्बन्धित ऐनहरूमा राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने, प्रदेश लोकसेवा र स्थानीय सेवा आयोगको तत्काल गठन गरी कर्मचारी व्यवस्थापन सहज बनाउनुपर्ने, प्रस्तावित संघीय निजामती सेवा ऐनमा सरुवालाई पूर्वानुमानयोग्य चक्रिय र वैज्ञानिक बनाउने व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ ।

माग पूरा नभए आन्दोलनमा जाने ट्रेड युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल भने आन्दोलनमा जानुपर्ने स्थिति नआउनेमा ढुक्क छन् । ‘कर्मचारीले आन्दोलनमै जानुपर्ने स्थिति सरकारले ल्याउन नदेला भन्नेमा ढुक्क छु,’ उनले भने ।

हेर्नुस् मागपत्र :