प्रलोभनमा पारी युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रलोभनमा पारी युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ


२१ जेष्ठ २०७५, सोमबार


कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाकी एक युवतीलाई भारततर्फ लैजाने एक भारतीय सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रभोलनमा पारी युवतीलाई भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना भारतीय र दुईजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस