धनगढीमा ९ लाख लुटपाट प्रकरण : गोंगबुबाट योजनाकार समातिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धनगढीमा ९ लाख लुटपाट प्रकरण : गोंगबुबाट योजनाकार समातिए


२१ जेष्ठ २०७५, सोमबार


pakrau

धनगढी । साताअघि कैलालीको धनगढीमा गोली हानेर ९ लाख रूपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय ‘कल्लु’ भनिने कालु राना र धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय रामप्रवेश राना छन् ।

उनीहरू काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । गत जेठ १३ गते आइएमइबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा४०प ४४३८ नम्बरको मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार रकम लुटेर भागेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् । उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस