झापामा खोप केन्द्र भवन बन्दै, स्वास्थ्य मन्त्रालयले दियो तीन लाख « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झापामा खोप केन्द्र भवन बन्दै, स्वास्थ्य मन्त्रालयले दियो तीन लाख


२१ जेष्ठ २०७५, सोमबार


झापा । झापाका १५ ओटा स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने भएको छ । खोप केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले झापामा १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि तीन लाखका दरले ५७ लाख उपलब्ध गराएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार नगरपालिका र गाउँपालिकाले जग्गा व्यवस्थापन भने आफैले गर्नुपर्ने छ । खोप केन्द्र बनाउन तीन लाख सिड मनी दिएको छ ।

यो वर्ष अर्जुनधारा नगरपालिकामा तीनओटा खोपकेन्द्र र अन्य गाउँपालिाक र नगरपालिका मा एक र दुईका दरले खोप केन्द्र निर्माण हुने कार्यालयले जनाएको छ ।

गत वर्ष दुई लाख १० हजारका दरले १५ वटा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले रकम उपलब्ध गराएको थियो । १५ वटै खोप केन्द्रको निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उपलब्ध रकममा स्थानीय तहले केही रकम थपेर खोप केन्द्र निर्माण गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस